Cine Nagari – झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
LATEST UPDATE

झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)

काठमाडौं, माघ  । छोटो समयमा चर्चामा आएका सुमन ज्योती न्यौपाने ‘ल्याङग्री दादा’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘थम चेक गरौं सोल्टी’ बोलको गीत सार्वजनिक भएको हो ।

मेरी बास्सैमा छोटो समय अभिनय गरेर चर्चामा आएका न्यौपाने ‘ल्याङग्री दादा’ ले आफ्नै क्यारेक्टरलाई कथामा उतारेर भिडियो तयार पारेका हुन् । न्यौपानेले युरोपलगायत विभिन्न देशहरुको भ्रमण समेत गरिसकेका छन् ।

प्रकाश तिमल्सिनाले स्वर दिएका गीतको शब्द पनि तिमल्सिनाकै रहेको छ । त्यस्तै गीतमा सुमन ज्योती न्यौपाने र अनिता दंगालले अभिनय गरेका छन् भने सुरेश थापा ‘दर्शने’ ले निर्देशन गरेका हुन् ।

गीतमा क्यामेराको भूमिका बुद्ध थापाले निभाएका छन् भने सम्पादन सुरेश राउतले गरेका छन् । भिडियो म्यूजिक नेपालले बजारमा ल्याएको हो ।


Facebook Comment