Cine Nagari – तिर्थराजको नया गीतमा रेखा र हेमनको प्रेमभाव यस्तो (भिडियो सहित)
LATEST UPDATE

तिर्थराजको नया गीतमा रेखा र हेमनको प्रेमभाव यस्तो (भिडियो सहित)

सिनेनगरी डटकम :
नायिका रेखा फागो द्वारा अभिनित नया म्युजिक भिडियो यति बेला रिलिज भएको छ । हो दर्शकबिन हिजो मात्रै उक्त नया गीत रिलिज गरिएको हो । म्युजिक भिडियोमा रेखाको साथमा मोडल हेमन हाङ राई र बालकलाकार स्नेहा भण्डारीको पनि अभिनय रहेको छ । पारिवारिक कथामा गीतको भिडियो तयार गरिएको छ । गीतलाई गायक तिर्थराज राईले बाहिर लिएर आएका हुन् ।

उनकै शब्द संगीत र स्वरमा सजिएको यस गीतको बोल “बाचुन्जेली जिन्दगी” रहेको छ । उनको यो दोस्रो गीत हो । यस भन्दा अगाडी उनले सेन्टिमेन्टल गीत बाहिर लिएर आएका थिए । तर आफ्नो दोस्रो गीत भने उनले पहिलेको तुलनामा फरक निकालेको देखिन्छ । गीतमा उनलाई स्वरमा भने गायिका सम्झना ओलीले साथ दिएकी छिन् । गीतको अरेन्ज भने डम्बर लिम्बुले गरेका हुन् ।

गीतको भिडियोको छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । यस्तै भिडियोको सम्पादन भने बुद्ध थापा मगरले गरेका हुन् । रिलिज भए संगै गीत र गीतको भिडियोलाई लिएर निकै धेरै प्रतिक्रियाहरु आईरहेको छ । धेरैले गीतको भिडियो अत्ति नै सुन्दर बनेको भने छन् । यस्तै कत्तिले भने गीतको शब्द संगीत निकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

हेर्नुस भिडियो :


Facebook Comment