Cine Nagari – प्रेमजोडीहरुको रोजाईमा पर्यो पोखरेली गायक राज गुरुङको यो गीत (भिडियो सहित)
LATEST UPDATE

प्रेमजोडीहरुको रोजाईमा पर्यो पोखरेली गायक राज गुरुङको यो गीत (भिडियो सहित)

सिनेनगरी डटकम :
यति बेला धेरै नेपाली गीत बजारमा आईरहेको बेला दर्शक श्रोताहरुले भने आफ्नै आफ्नै तरिकाले गीत संगीतको मुल्यांकन गरेको देखिन्छ । कसैको सोच कसै संग मिल्दैन तर संगीतको मामिलामा करिब एक किसिमको हुन आउछ । यो महिना प्रेम दिवसको महिना हो अर्थात् भ्यालेन्टाइन डे यसकारण प्रेमका भाव दिन गीतहरु यति बेला दर्शक श्रोताहरुको रोजाईमा परेको छ । धेरै त्यस्ता गीत रहेको छ त्यस मध्य पोखराका गायक राज गुरुङको “फुल जस्तो” बोलको गीत पनि परेको छ । उनले आफ्नो यो नया गीत केहि समय अगाडी मात्र सार्वजनिक गरेका हुन् । प्रेमभाव शब्द संगीतले तयार गरिएको यो गीत अहिले धेरै प्रेम जोडीको रोजाईमा परेको छ ।

उनको यस गीतमा मित्र वाम्बुले राईको शब्द , सर्बग्यामन र मिलन क्रोम्जे गुरुङको संगीत र स्वयम राज गुरुङकै स्वर समावेश रहेको छ । गीतलाई अरेन्ज गर्ने काम भने सामसुङ तामाङले गरेका छन् । गीतको शब्द संगीत त आफ्नो ठाउँमा छदैछ त्यसबाहेक गीतको भिडियोको पनि आफ्नै छुट्टै मुल्यांकन यति बेला भएको छ । भिडियोमा प्रस्तुत प्रेम दर्शाउने दृश्यले धेरैको मन छोएको छ । रामेश्वोर कार्कीको छायांकन र विज्ञान राईको सम्पादन र निर्देशनमा तयार भएको गीतको भिडियोमा राज गुरुङ , रेखा फागो , सुरज गुरुङ र माया गुरुङको अभिनय रहेको छ ।

आफ्नो गीतलाई यसरी माया गरिदिनुभएको लागि उनले सबै नेपाली दर्शक श्रोतालाई धन्यवाद ज्ञापन गरेका छन् । यस्तै उनले आउदै गरेको प्रेम दिवसको अवसरमा सबैलाई शुभकामना समेत दिएका छन् । यस्तै उनले अब फेरी छिट्टै यो भन्दा पनि अझै राम्रो प्रस्तुति लिएर आउने बाचा समेत गरेका छन् ।

हेर्नुस भिडियो :


Facebook Comment