Cine Nagari – प्रेसिकाको रुपको जादुमा लट्ठ भए गायक नवराज राई (भिडियो सहित)
LATEST UPDATE

प्रेसिकाको रुपको जादुमा लट्ठ भए गायक नवराज राई (भिडियो सहित)

सिनेनगरी डटकम :
“हारै हार” बोलको पहिलो गीतले सफलता हात पारे पछि लामो समयको अन्तरलमा गायक नवराज राई आफ्नो दोस्रो नया गीत लिएर दर्शक श्रोता माझ आएका छन् । उनको “तिमी नै” बोलको गीत आज मात्रै रिलिज भएको छ । गीतमा स्वयम गायक नवराज राईकै शब्द संगीत र स्वर समावेश रहेको छ । गीतलाई अरेन्ज गर्ने काम भने प्रदिप श्रेष्ठले गरेका छन् । पहिलो गीतले राम्रो चर्चा पाए पछि केहि नया र राम्रो नै लिएर आउने तयारीमा उनले लामो समय ज्ञाप लिएर बुझिन्छ । हुन त उनको ब्यस्त समयलाई पनि उनको नया प्रस्तुति आउन ढिला भएको मान्न सकिन्छ । तर पनि उनले सबै कुरालाई व्यवस्थित गरेर अन्तत अहिले दोस्रो गीत सार्वजनिक गरेका छन् ।


रोमान्टिक भर्सनको उनको यस दोस्रो गीतको शब्द र संगीत पक्ष बलियो देखिन्छ । गायक नवराज राईको स्वर अत्ति नै राम्रो रहेको कुरा त उनको पहिलो गीतले नै साबित गरिसकेको थियो तर गायन संग संगै लेखन र संगीत विधामा समेत अब्बल रहेको कुरा भने उनले अहिले साबित गरेका छन् । उनको यस नया गीतको भिडियो पनि सुन्दर नै तयार भएको छ । बुद्ध थापा मगरको छायांकन र सम्पादन रहेको भिडियोलाई राकेश किरातीले निर्देशन गरेका हुन् । भिडियोमा मोडल प्रेसिका निरौलाले अभिनय गरेकी छिन् । भिडियोमा केहि प्रतिशत दृष्यांकन नेपाल बाहिर र केहि प्रतिशत नेपाल भित्रको रहेको छ ।

पेशाले सिंगापुर पुलिसमा कार्यरत उनि यति बेला सिंगापुरमै बसोबास गर्दै आईरहेका छन् । यो कुराले नै उनको व्यस्तता कति रहेको छ भनेर प्रष्ट पार्दछ । तर समयलाई मिलाउदै उनले गीत संगीतलाई भने छोडेका छैनन् । लामो समय ज्ञाप लिएरै पनि प्रस्तुति भने उनले उत्कृष्ट नै दिन खोजेको देखिन्छ । दर्शक श्रोताहरुले आफ्नो नया प्रस्तुति अवश्य पनि मनपराउनु हुने विश्वास उनले लिएका छन् । यस्तै उनले आफ्नो यो दोस्रो गीत सुनेर प्रतिक्रिया प्रदान गरिदिनुहुन सबै नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै अनुरोध समेत गरेका छन् ।

हेर्नुस भिडियो :


Facebook Comment