Cine Nagari – सिन्धुलीमा गायक यमन माझीको गाडी दुर्घटना, यस्तो त तत्कालको अवस्था
LATEST UPDATE

सिन्धुलीमा गायक यमन माझीको गाडी दुर्घटना, यस्तो त तत्कालको अवस्था

सिनेनगरी डटकम :
नेपाली गीत संगीतमा माझी समुदायको युवा पुस्ताको प्रतिनिधित्व गर्दै अगाडी बढेका गायक यमन माझीको दुर्घटना भएको छ । माझी समुदायको नजिकिदै गरेको महत्वपूर्ण चाड घाटपुजाको अवसर पारेर रामेछाप जिल्लाको मन्थलीमा नेपाल माझी उत्थान संघ जिल्ला कार्यसमिति रामेछाप आयोजित गरेको सांस्कृतिक कार्यक्रमबाट फर्किदै गर्दा सिन्धुलीमा गायक यमन माझी छाडेको गाडीको दुर्घटना भएको हो । एउटा मालबाहक ट्रकलाई ओवरट्याक गरेर आएको मोटरसाइकलले गायक यमन माझी चढेको ट्याक्सीलाई ठक्कर दिएको थियो । तर गायक यमन माझी र उनको टिमलाई भने कुनै चोटपटक लागेको छैन ।

उनि चढेको ट्याक्सीको भने अगाडीको भागमा निकै क्षेति भएको छ । यो आज बिहान घटेको घटना हो । भगवानको कृपा र आफ्नो दर्शक श्रोताहरुको मायाको कारण आफुलाई कुनै चोटपटक नलागेको गायक यमन माझीले बताएका छन् । कार्यक्रमको बिषयमा बोल्दै उनले कार्यक्रम निकै उत्साहपुर्वक भएको बताएका छन् ।

कार्यक्रममा आफुलाई त्यहाको दर्शक श्रोताहरुले निकै राम्रो स्वागत र सम्मान गरेको पनि उनले उल्लेख गरेका छन् । पछिल्लो समय उनको व्यस्तता अलिक धेरै नै बढेको पाईएको छ । गीत संगीतको साथै चलचित्रमा समेत हात हालेका उनले घाटपुजाकै अवसर पारेर नया गीत समेत सार्वजनिक गर्ने तयारी गर्दैछन् ।


Facebook Comment